बिर्तामोड l
संविधान दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले बिर्तामोडमा प्रभातफेरिको आयोजना गरेको छ । विभिन्न संघ संस्थाको सहभागीतामा बिर्तामोडस्थित मुक्तिचोकमा भेला भएर शान्तिपूर्ण ¥याली सहितको कार्यक्रम आयोजना गरेको हो ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका एक दर्जन बढी संघ संस्थाको सहभागीता रहेको थियो । प्रेस स्वतन्त्रता जिन्दावाद, भष्ट्राचारको अन्त्य गर लगायतका नारासहित पत्रकारहरुले मुक्तिचोकदेखि अदुवाखोला हुँदै पूर्वमा इलाका प्रहरी कार्यालय अगाडिसम्म पुगेर पुनः मुक्ति चोकमा आएर कोण सभा आयोजना गरिएको थियो ।
संविधान रक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि महासंघले प्रभातफेरि सहितको कार्यक्रम आयोजना गरेको महासंघ झापाका सचिव राजु पाठकले बताए । कोणसभामा महासंघका अध्यक्ष गिरीले सम्वोधन गर्दै मुलुकमा लामो संघर्षपछि आएको परिर्वतनलाई आत्मसाथ गर्दै प्रेस स्वतन्त्रताका लागि सबै पत्रकार एकजुट हुनु पर्ने बताए ।
प्रभातफेरि कार्यक्रममा महासंघ मानव अधिकार संजाल झापासहित वैदेशिक रोजगार संघ झापा, बिर्तामोड उद्योग वाणिज्य संघ, बीरता जेसीज, वीरता लेडी जेसीज लगायतका दर्जनबढी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


















