बिर्तामोड ।
जेनजी युवाहरुको आन्दोलनपछि झापामा जेनजी युवाको भावना समेटिएको गीत ‘अनुरोध’ सार्वजनिक भएको छ । केही समय अगाडी नै झापा बिर्तामोड–४ कि युगश्री मिश्रले तयार पारेको जेनजी युवासँग सम्बन्धीत म्युजिक भिडियो आज (शुक्रवार) बिर्तामोडमा सार्वजनिक गरिएको हो ।
जेनजी पुस्ताकी किशोरी युगश्रीको सुमधुर स्वरमा सजिएको उक्त म्युजिक भिडियोमा जेनजीका भावना समेटिएको छ । कृष्णप्रसाद मिश्रको रचना, विशम आचार्यको संगीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन दीपक रायमाझीले गरेका छन् भने कोरियो ग्राफर रोहित लामगादेले गरेका छन् ।
म्युजिक भिडियोमा गायिका युगश्रीसहित सन्ध्या खतिवडा, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, राममाया उप्रेती, कुमार कडरिया, टीका खड्का, सपना थापा, शेखर पौडेल, रिजन बराल, कृष्ण खतिवडा, अनुकुल पौडेल, अरुण महत्तो, निश्चल ढुङ्गाना, अनुजा कडरिया, यशोदा निरौला, रिदम बराल, पंकज मिश्र, अरुण माझीलगायतको अभिनय रहेको छ । म्युजिक भिडियो पंकज स्टुडियो रेकडिङ गरेको छ ।
आज एक कार्यक्रमकाबिच युगश्री युटुव च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतका रचनाकार कृष्णप्रसाद मिश्रको अध्यक्षमामा भएको कार्यक्रममा गीतकार तथा साहित्यकार टीका भट्टराई नेपाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले म्युजिक भिडियोको सार्वजनिक गरेका हुन् ।
भिडियोपनि :


















