झापा ।
जेनजी युवाको आन्दोलनका क्रममा फरार रहेका एक जना कैदी झापाबाट पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा चितवन कारागारबाट फरार रहेका कैदीलाई झापा प्रहरीले पक्राउ गरेको हो ।
डाँका मुद्दाको फैसला भएर कैद भुक्तान गरीरहेका झापा भद्रपुर नगरपालिका–५ का ३५ बर्षीय बिकल बानिया क्षेत्रीलाई झापा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले ती फरार कैदी बन्दीलाई शनिवार दिनको १ः३० बजेको समयमा भद्रपुर बजारबाट पक्राउ गरेको हो ।
पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















