झापा ।
नेपालको सिमाना सुरक्षा, भ्रष्टाचारको जालो र सर्वसाधारण जनताको पीडा उजागर गर्ने उद्देश्यसहित निर्माण भएको नेपाली फिल्म ‘परिवर्तन’ आगामी माघ ९ गते सरस्वती पूजाको अवसरमा प्रर्दशनमा आउने भएको छ ।
कोशी प्रदेशका विभिन्न स्थानहरूमा छायङ्कन गरिएको चलचित्र आगामी माघ ९ गते देश तथा विदेशमा एकैसाथ प्रदर्शनमा आउने फिल्मका कथाकार तथा निर्माता दीपक शिवाकोटीले जानकारी दिएका हुन् ।
निर्माता शिवाकोटीका अनुसार छायाङ्कन सकिएसँगै फिल्मको पोस्ट–प्रोडक्सन कार्य अघि बढाइएको छ । चलचित्र पोस्ट–प्रोडक्सनसहित रिलिजसम्म पुग्दा करिव ४ करोड खर्च हुने निर्माण पक्षले जनाएको छ ।
विजय केरुङको निर्देशनमा तयार हुँदै गरेको ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा छन् । सुशीलको एक्सन अवतार सार्वजनिकसँगै ‘एक्सन हिरो’को पहिचान बनाइसकेका उनको भूमिकाले दर्शकमाझ थप उत्साह बढाउने चलचित्र निर्माण पक्षको दावी छ ।
सुशील र अञ्जनासँगै फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, बुद्धि तामाङ, पुकार भट्टराई, आशा पौडेल, सिरु बिष्ट, याम खरेल, गौतम तिवारीलगायतको अभिनय रहेको छ ।
श्री श्रेष्ठको द्धन्द्धनिर्देशन रहेको चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद रहेको छ । फिल्मको छायाङ्कन निर्देशक शिव ढकाल, सम्पादन बन्दे प्रसाद, नवराज शर्मा असिष्टेन्ट डाइरेक्टर र प्रोडक्सन हेड अरुण रेग्मी रहेका छन् ।
झापासहित देशभरका बिभिन्न समणीय र पर्यटकीय क्षेत्रमा चलचित्रको छायङ्कन भएको थियो भने फिल्म ‘दिब्यासी फिल्म्स प्रा.लि.’को ब्यानरमा निर्माण भएको हो ।


















