झापा ।
खुट्टा काटेर उपचारका लागि अस्ताल गएका एक व्यक्तिको मृत्यु भएको छ । सोमबार साँझ ५ बजेको समयमा उपचारका लागि अस्पताल गएका उनको गएराति ८ बजेको समयमा मृत्यु भएको हो ।
झापाको भद्रपुर नगरपालिका–१ का अन्दाजी ३५ बर्षीय रमेश परियारले आफ्नै घरमा राँगाको खुट्टा ग्रेन्डर मेसिनले काट्ने क्रममा अचानक आफ्नै बायाँ खुट्टा काटेर घाइते भएका थिए ।
घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको उच्च रक्त सार्प भएर मृत्यु भएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















