झापा।

अविरल बर्षासँगै झापाका विभिन्न खोलामा आएको बाढीका कारण करिव ४५० घरधुरी विस्थापित भएका छन् । वाढीका कारण विस्थापित उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कनकाईई माईमा आएको बाढीले झापा गाउँपालिका–२ सुँगाब थानका ५६ घर विस्थापित बनेका छन् । उनीहरुलाई वडा नं २ को कुवाडीदेवी माविमा राखिएको छ । 

झापा गाउँपालिकाको अन्य वडामा पनि माईको बाढी पसेको छ । त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं ४, ५ , ६ का साढे ३ सय परिवार विस्थापित बनेका छन् भने शिवसताक्षी–७ का करिव १५ घर विस्थापित बनेका छन् ।

यता भद्रपुर नगरपालिका–५ मा मेची नदीको बाढी पस्दा करिव २५ घर विस्थापित भएका छन् छन् । मेचीनगरको सत्तीघट्टा र ज्यामिरगढी बीचको बस्तीमा पानी पसेर करिव २५ परिवारलाई अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।