झापा ।
अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कोशी प्रदेशमा ठुलो मानवीय क्षति पुर्याएको छ। पछिल्लो दुई दिन (हिजो र आज) गरी १८ जनाको मृत्यु भएको छ । जसमध्ये सबै इलाम जिल्लाका रहेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले उक्त जानकारी दिएका हुन् । प्रहरीले दिएको जानकारीअनुसार सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ ।
त्यस्तै माङसेबुङ गाउँपालिका–१, पाटिगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५, धारेमा १ जनाको मृत्यु र देउमाई नगरपालिका–५, धुसुनेमा २ जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–३, रातमाटेस् १ जना र इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ ।


















