शनिश्चरे ।
अविरल बर्षासँगै आएको वाढीका कारण झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । अर्जुनधारा नगरपालिका–१ को खुदुनाबारी–अर्जुनधारा खानेपानी आयोजनाको डिप ट्याङकी र पाइप बगाएको छ । अर्जुनधारा १, ४, ५ र ७ मा पानी वितरण रोकिएको छ ।
यसैगरी छुलो नेते खोलाको काठको पुल बगाएको छ । कैदले खानेपानी आयोजनाको दुईवटा स्रोत पाईप बगाउदा पानी वितरण अवरुद्ध भएको छ । अर्जुनधारा–७ मा विरिङ खोलाको पुरानो पुल भत्काएको छ । बाढीले क्षति गरेको संरचनाको नगर प्रमुख बलदेवसिंह गोम्देनले अनुगमन गरेर तत्काल मर्मत गरेर सञ्चालन गरिने बताएका छन् ।
क्षतिग्रस्त संरचनाको अनर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, कैदले खानेपानीका अध्यक्ष ढुण्डीराज गौतम, सभामुखका स्वकीय सचिव केशब ढुङ्गेललगायत अनुगमन गरेका छन् ।


















