झापा।
अविरल बर्षासँगै झापाका विभिन्न खोलामा आएको बाढीका करिव कारण पाँच हजार चार सय ८१ घरधुरी विस्थापित भएका छन् । जसमा २५ हजार दुई सय ३१ जना विस्थापित भएका हुन् ।
शिवसताक्षी–४ मा ७ घरधुरीका ३४ जना, शिवसताक्षी–५ मा ५ घरधुरीका २० जना, शिवसताक्षी–६ मा २७ घरधुरीका १०० जना, शिवसताक्षी–७ मा ८ घरधुरीका २८ जना विस्थापित भएका छन् ।
यसेैगरी गौरीगञ्ज–१ मा ११४ घरमा ४५६ जना, गौरीगञ्ज–१ कै ३० घरका १२० जना, अर्जुनधारा–७ मा एक घरका ५ जना, गौरीगञ्ज–२ का २१ घरका १२२ जना र २१ घरका १२४ जना गौरादह–५ मा ३१ घरका १४४ जना बिस्थापित भएका छन् ।
त्यस्तै भद्रपुर–५ मा १२ घरका ५० जना र १५ घरका ४० जना, झापा गाउँपालिका–१ मा १५०० घरका ६५०० जना, झापा–२ मा २१०० घरका ८००० जना, झापा–३ मा १५०० घरका ९००० जना, झापा–६ मा ३४ घरका १८८ जना, झापा–७ मा ५५ घरका ३०० जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वाढीका कारण विस्थापित उनीहरुलाई सुरक्षित स्थानमा आफन्तकोमा सारिएको छ ।
झापा प्रहरीले स्थानीय र बिभिन्न सामाजिक संघ झापाका प्रतिनिधिले दिएको जानकारीका आधारमा तयार गरेको डाटा उपलब्ध गराएको जनाउँदै अविरल बर्षासँगै झापाका बिभिन्न खोलानाला र नदीमा आएको वाढी र डुवानबाट उक्त संख्यामा मानिसहरु विस्थापित भएको अनुमान गरेको छ । यसको यकिन विवरण भोलि फिल्ड भिजिटपछि मात्र पूर्ण रुपमा विवरण प्राप्त हुने जनाएको छ ।



















