झापा ।

झापाली समाज साउदी अरबले झापाको शिवसतासी नगरपालिका–४ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एउटा एलईडी उपकरण सहयोग गरेको छ । समाजले विद्यालयमै उक्त एलइडी हस्तान्तरण गरेको हो । 

 समाजका तर्फबाट झापाली समाज साउदी अरबका अध्यक्ष रबिन गिरीसहितको टोलीले उक्त उपकरण विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद चापागाईंलाई हस्तान्तरण गरिएको हो ।  कार्यक्रममा शिवसतासी नगरपालिका–४ का वडाध्यक्ष बिष्णुप्रसाद प्रसाई पनि विशेष  आतिथ्य रहेको थियो । 

कार्यक्रममा झापाली समाज साउदी अरबका अध्यक्ष रबिन गिरीले सम्बोधन गर्दै समाजले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको दायित्व सम्झँदै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताए । 

समाजका तर्फबाट पूर्व अध्यक्ष राजेन्द्र थापा, सह–सचिव देवीबहादुर कार्की, सदस्य राजिव श्रेष्ठ, र सदस्य कृष्णमाया हुमागाई समेतको उपस्थिति रहेको थियो।