बिर्तामोड ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाले वाढी पिडीतलाई राहत वितरण गरेको छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल बर्षाका कारण डुवान परेका झापा गाउँपालिकाका वाढी पिडीतलाई संघले राहत वितरण गरेको हो ।
झापा जिल्ला दैविक प्रकोपको सक्रियता तथा एकका लागि एक अभियानको अगुवाईमा शुरु गरिएको वाढी पिडीत राहत अन्तरगत आज (शुक्रवार) संघका प्रतिनिधिले २५ बोरा चामल राहत हस्तान्तरण गरेको संघका प्रवत्ता ओमप्रकाश भट्टराईले जानकारी दिए ।
बिहीवार संघका अध्यक्ष धनबहादुर पंधाकको अध्यक्षतामा बसेको वैठकले ३५ हजार रुपैयाँ बराबरको २५ बोरा चालक राहत स्वरुप वितरण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आज संघका कोषाध्यक्ष कृष्णप्रसाद खतिवडाको नेतृत्वमा संघका उपाध्यक्ष राजन सिलवाल, अर्का उपाध्यक्ष प्रकाश राई, सदस्य देवेन्द्र प्रसाई, टंक सिटौला, लिजा निरौलालगायतसहित सहायक झापा जिल्ला प्रमुख दोलेन्द्र निरौला, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालको उपस्थितिका झापा गाउँपालिकालाई उक्त राहत सामाग्री हस्तान्तरण गरिएको प्रवत्ता भट्टराईले जानकारी दिएका छन् । यसअघि पनि संघका सचिव राजेन्द्र पौडेल मार्फत संघको तर्फबाट वाढीपिडीतका लागि नगद ५१ हजार रुपैयाँ सहयोग गरेको बताइएको छ ।


















