झापा ।
झापा कमल गाउँपालिका–७ रंगपुरमा गोली फेला परेको छ । कमल गाउँपालिका–७ रंगपुरका ५५ बर्षीय गंगाप्रसाद पाण्डेले बन्दुकमा प्रयोग गरिने गोली फेला पारेका हुन् ।
पाण्डेले शुक्रवार साँझ ७ बजेको समयमा सोही स्थानमा केराको पात काटने क्रममा सेतो बोरामा केही भएको देखि उक्त वस्तु के हो भनी बोरा खोली हेर्दा गोली भएको थाहा पाएका थिए । उक्त फेला परेको गोलीका बिषयमा उनले आज (शनिवार) अन्दाजी ६ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।
उक्त जानकारी पाएसँगै प्रहरी टोली गएर एसएलआरको गोली ७.६२ एमएमको ५५ राउण्ड बुझाएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ । तस्वीर संकेत


















