झापा । 

झापाको दमक ननगरपालिका–५ धनेश्वर मन्दिरको पूर्व–पट्टीको गेट नजिकमा एउटा वेवारिसे अवस्थामा एउटा राइफल फेला परेको छ । आज (आइतवार) बिहान ७ः३० बजेको समयमा  बन्दुक बेवारीसे अवस्थामा छ भन्ने स्थानियबासीले इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए । 

उक्त जानकारी पाएलगतै दमकबाट प्रहरी निरिक्षक नबिन राईको कमाण्डमा प्रहरी टोली गएको थियो । प्रहरी टोलीले त्यहाँ बुझ्दा उक्त हतियार  गत भदौं २४ गते भएको जेनजी आन्दोलनमा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको बताइएको छ । 

३०३ राईफल म्यागजिनसहित फेला परेसँगै उक्त हतियार इलाका प्रहरी कार्यालय दमक ल्याएर राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।