बिर्तामोड  । 

जेनजी आन्दोलनका क्रममा क्षति ग्रस्त भएको प्रहरी कार्यालय पुनः निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ । इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भौतिक संरचना पुनः निर्माणका लागि सर्बाेत्तम सिमेन्ट प्रा.लि.ले ६० बोरा सिमेन्ट प्रदान गरेको छ ।

 बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको पहल र संघका सदस्य वीपिन वजगाईको समन्वयमा भद्रपुर ९ झापामा सञ्चालनमा रहेको सिमेन्ट उद्योगले सिमेन्ट सहयोग गरेको हो ।

 प्रहरी कार्यालय पुनः निर्माण कार्यमा हाम्रो पनि उपस्थिति रहोस् र जतिसक्दो चाडो भवन निर्माणको काम सकियोस् भन्दै प्रँील्का तर्फबाट दिवस न्यौपानेले सिमेन्ट सहयोग गरेका थिए । फाइल तस्वीर