झापा ।
झापाको गौरदह नगरपालिकामा पानीमा डुवेर तीन जना बालिका र मेचीनगर नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज (बिहीवार) दिनको १ः३० बजेको समयमा माछा मार्ने क्रममा डुवेर उनीहरुको मृत्यु भएको हो ।
गौरादह–९ खजुरबारीकी अन्जु मगरका छोरीहरू ९ बर्षीया स्विकृती मगर र ७ बर्षीया सुस्मा मगर र सोही स्थाका रोमन (मोते) परियारकी छोरी ११ बर्षीया रोश्नी परियार र राजकुमार राईकी अन्दाजी १० बर्षीया युनिसा राई समेत सोही स्थानमा रहेको कृष्ण खोलामा जमेको पानीमा माछा गएका थिए ।
उनिहरू मध्ये ३ जना पानीमा डुबेको देख्न साथसँगै गएकि युनिसा राईले तक्काल अबिभावकलाई जानकारी गराएकी थिइन् । उनीहरु ३ नै जनालाई पानी बाहिर निकालेर राखिएको र तीनै जनाको मृत्यु भईसकेको स्थानिय मार्फत १ः३५ बजे अस्थाई प्रहरी चौकी बैगुनधुरामा जानकारी प्राप्त भएको थियो । जानकारी पाएसँगै घटना स्थालमा प्रहरी खटिगएको र तत्कालै इलाका प्रहरी कार्यालय झिलझिलेबाट पनि प्रहरी परिचालित भई घटना स्थालमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी आजै २ः३० बजेको समयमा मेचीनगर–१५ निलकोठिमा सोही स्थानका ४२ बर्षीय सन्तोष लिम्बुले घर नजिकै रहेको टिमाई नहर (कुलो)मा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई एक्कासी करेन्ट लागेर बेहोस भएका थिए । बेहोस उनलाई उपचारको लागि मेची आम्दा अस्पताल धुलाबारी झापा पठाएकोमा अस्पताल पुग्न ३ बजे चिकित्सकले मृत घोषणा गरेको भन्ने खवर सोहि अस्पताल मार्फत इलाका प्रहरी कार्यालय धुलाबारी झापामा जानकारी प्राप्त भएको थियो ।
जानकारी पाउँने बितिकै तत्काल इलाका प्रहरी कार्यालय धुलाबारी बाट प्रहरीको टोली गएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















