बुट्टाबारी। 

सर्पको टोकाईबाट झापाका एक बालकको मृत्यु भएको छ । सर्पले टोकेर गएराति अर्जुनधारा नगरपालिका नम्बर ११ का एक बालकको मृत्यु भएको छ ।

गएराति अर्जुनधारा– ११ चाम्लिङडाँडाका इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनिश राईलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो ।

उनका बुबाले उपचारको चारआली सर्पदंश केन्द्र ल्याएपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएर डाक्टरले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।