चन्द्रगढी ।
झापाको चन्द्रगढी दोस्रो खानेपानीमा कार्यसमिति निर्वाचनका लागि उम्मेदवार मनोनयनमा ३३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।कार्तिक ११ गते हुने कार्यसमिति निर्वाचनका लागि अध्यक्षमा खडग बहादुर ठकुरी , बद्री प्रसाद उप्रेती , जगत प्रसाद तिवारी र बिस्णु पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य राजु बरालले बताए।
कार्यसमिति उपाध्यक्षमा खडग प्रसाद दाहाल, चिरन्जिबी भट्टराई, दिननाथ उप्रेती र घनश्याम अधिकारी, सचिवमा दुर्गा देबी खनाल, सन्तोषकुमार खड्का र खे कुमार लुइँटेलले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी सह–सचिवमा राजेन सिंह राजबन्शी, बालनन्द न्यौपाने र बिमला पौडेल दाहालका साथै कोषाध्यक्षमा हर्कमाया कार्की, खेमकुमारी अधिकारी गौतम र कल्पना पौडेलको उम्मेदवारी रहेको निर्वाचन समिति सदस्य बरालले जानकारी दिए।
कार्यसमितिको क्षेत्रीय सदस्यमा चक्रप्रसाद खतिवडा, रोशन श्रेष्ठ, नेत्रबहादुर खडका, टेक बहादुर रोका, बुद्ध कुमारी राइ, सुरेश घिमिरे, निर्मला पोखरेल, शारदा दाहाल, अडिमर्दन पाठक, टेकनाथ रेग्मी, अग्नीप्रसाद बिमली, भीमप्रसाद निरौला, जमुना राजवंशी, निरा भुजेल, तुलसा बराल सापकोटा र पार्वता राउतको उम्मेदवारी रहेको छ ।
११ सदस्यीय कार्य समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षसहित ६ जना सदस्य रहने प्रावधान रहेको छ ।


















