बिर्तामोड ।
झापाको बिर्तामोडमा ‘इको म्युजिक फेष्ट’ सांगितिक कार्यक्रम हुने भएको छ । चाहाना समुह बिर्तामोड–५ झापाको आयोजनामा आगामी कार्तिक ११ गते इको म्युजिक फेष्ट सांगितिक कार्यक्रम हुने हो ।
आयोजक संस्था चाहाना समुहले आज (सोमवार) बिर्तामोड पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारीका बिषयमा जानकारी दिएको हो ।
लागूऔषध र दुव्र्यसनीमा फसेका र आर्थिक रुपमा कमजोर भएर आफ्नो समस्या समाधान गर्न नसकेका युवायुवतीको क्षेत्रमा काम गर्दै आएको समुहले लागूऔषध र दुव्र्यसनीमा फसेका आर्थिक अवस्था कमजोर भएकालाई मौका दिने उदेश्यले इको म्युजिक फेष्ट सांगितिक कार्यक्रम आयोजना गरेको बताइएको छ ।
‘इको म्युजिक फेष्ट’ गत असोज १२ गते गर्ने निर्णय भएपनि जेनजी आन्दोलनसँगै मिति सारेर यहि कार्तिक ११ गते गर्ने तयारी गरिएको चाहाना समुहका पूर्व सचिव तथा सल्लाहकार मदन राईले जानकारी दिए । सोही कार्यक्रमकाबिच ‘इको म्युजिक फेष्ट’ सांगितिक कार्यक्रम टि सर्टसमेत सार्वजनिक गरिएको थियो ।
चाहान समुहका अध्यक्ष रोजित गुरुङ, कार्यक्रम संयोजक जीवन भण्डारी, इभ इनका संस्थापक विशाल अग्रवाललगायतले टि सर्ट सार्वजनिक गरेका थिए । कार्यक्रमका सम्पन्न गर्न ३६ जती संघसंस्थाहरुले प्रायोजन गरेका छन् ।
उक्त ‘इको म्युजिक फेष्ट’ सांगितिक कार्यक्रममा ५ हजार टिकट बिक्री गर्ने योजना रहेको र अहिलेसम्म २ हजार टिक बिक्री गरिसकेको विशाल अग्रवालले जानकारी दिए । कार्यक्रममा २५ देखि ३० लाख खर्च हुने आयोजकको अनुमान छ ।


















