झापा । 

हिन्दी सिनेका चर्चित हास्य अभिनेता असरानीको निधन भएको छ । अभिनेता असरानीको ८४ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो। असरानीका निजी सचिव बाबुभाईले उनको मृत्युको पुष्टि गरेको हुन् । 

स्वास्थ्य समस्याका कारण विगत चार दिनदेखि उनलाई मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना गरिएको थियो । सोमबार दिउँसो ३ देखि ३ः३० बजेको बीचमा उनको निधन भएको बताइएको छ ।

उनको अन्तिम संस्कार मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगर श्मशानघाटमा गरिएको थियो । जहाँ उनका परिवारका सदस्यहरू र नजिकका आफन्तहरू उपस्थित थिए।

उनको पूरा नाम गोवर्धन असरानी थियो र उनको जन्म १९४१ मा जयपुरमा भएको थियो। उनले बडीउुड  ‘शोले’ सहित सयौं हिन्दी फिल्ममा काम गरेका छन् । उनले हिन्दी सिनेमा सवै प्रकारका अभिनयबाट सवैको मन जितेका थिए । एजेन्सीको सहयोगमा