झापा । 

झापाको मेचीनगर नगरपालिका–६ फाईरिङ चोकमा जंगली घाइतेको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । आज (मंगलबार) बिहान ५ बजेको समयमा हात्तीले आक्रमण गरेको हो । 

 मेचीनगर–६ फाईरिङ चोकी ७४ बर्षीया उसिला राई आफनै घर अगाडि फुल टिप्ने क्रममा एक वटा जंगली हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनलाई

थप उपचारको लागि लाइफलाइन अस्पताल दमक रिफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उपचारमा आफन्तहरु रहेको बताइएको छ ।