झापा ।  

झापाको बिर्तामोड नगरपालिका–२ भाटभटेनी सुपर मार्केटस्थित पूर्व–पश्चिम लोकमार्गमा भएको केही दिन अघि भएको सवारी दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । गत असोज ६ गते बिहान ८ः५० बजेको समयमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको थियो । 

 पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अर्जुनधारा–५ का १७ बर्षीय अनुज राजवंशीले चलाएको १–०१–१७ प २५८ नम्बरको मोटरसाइकलले साईकल यात्री झापा गाउँपालिका–२ का ५० बर्षीय पिन्टु राजबंशीलाई ठक्कर दिएको थियो । 

ठक्करबाट शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेकोमा  गत कार्तिक १ गते  साईकल यात्री  पिन्टु राजबंशीलाई बिएण्डसी अस्पतालबाट डिस्चार्ज गरिएको थियो । 

डिस्चार्च पछि घर लगेर राखिएको राजवंशीको आज (मंगलबार) बिहान राती २ः१० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल चालक अर्जुनधारा–५ अनुस राजबंशी लाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीस्थित बिर्तामोडमा राखिएको छ । 

 सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लाश पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र पोष्टमार्टम पश्चात उक्त लाश उनका आफन्तले बुझि लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।