बिर्तामोड ।
नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले देउसीभैलो कार्यक्रम अन्तरगत कोषका लागि सहयोग संकलन शुरु गरेको छ । समाजले बिर्तामोड नगर समितिमा रहेका दशनामी बन्धुहरुलाई एकताबद्ध गर्ने र नगरका दशनामी बन्धुहरुमा पर्ने समस्यालाई सामुहिक रुपमा समाधान गर्ने उदेश्यले भेटघाट तथा देउसीभैलो कार्यक्रम अन्तरगत कोषका लागि रकम संकलन गरेको हो ।
समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको नेतृत्वमा तिहारको अवसर पारेर आज (मंगलबार) देखि कोषबृद्धिका लागि देउसीभैलो अन्तरगत सहयोग संकलन शुरु गरेको छ । समाजले आज बिर्तामोड क्षेत्रबाट देउसीभैलो कार्यक्रम शुरु गरेको छ भने भोली पनि बिर्तामोड–२ स्थित चारपानेबाट कार्यक्रम शुरु गर्ने समाजका नगर सचिव प्रजित पुरीले जानकारी दिए ।
देउसीभैलो कार्यक्रम अन्तरगत कोषका लागि सहयोग संकलन कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार तथा बिर्तामोड नगर सल्लाहकार बालकृष्ण गिरी, समाजका कोशी प्रदेश सल्लाहकार संयोजक तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका कोशी प्रदेश अध्यक्ष तथा नगर सल्लाहकार पदमबहादुर पुरी (प्रकाश), नगर सल्लाहकार शंकर गिरी, समाजका बिर्तामोड नगर बरिष्ठ उपाध्यक्ष तथा देउसीभैलो कार्यक्रमका संयोजक खेमराज गिरी, कोषाध्यक्ष बिदुर गिरी, नगरका निवर्तमान अध्यक्ष अर्जुन गिरी, नगर प्रेस संयोजक उद्धव पुरी, नगर सदस्य रणबहादुर गिरी, पद्मादेवी पुरी, विश्वनाथ बनलगायत सहभागीता रहेको थियो ।
समाजले नगर भित्र दशनामी बन्धुहरुको घरपरिवारमा हुने मरिमराउमा समवेदनासहित आर्थिक सहयोग गर्दै आएको छ भने समस्यामा परेका बन्धुहरुलाई पनि आर्थिक सहयोग गर्दै आएको छ ।


















