झापा ।
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी शुरु भएको छ ।
मिथिलाको प्रमुख पर्वको रुपमा मानिने छठका लागि झापासहित बिभिन्न क्षेत्रका पोखरी, नदी, तलाउहरुमा तयारी शुरु गरिएको छ । सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेका छन् । झापाका खोलानाला र पोखरीहरुमा पनि छठ पर्वको लागि घाटहरु निर्माण शुरु गरिएको छ ।
यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीहरुमा धमाधम तयारी भइरहेको छ । फाइल तस्वीर


















