बिर्तामोड ।
तिहार समापनपछि प्रत्येक बर्ष मनाइँने छठ पर्वको तयारी यस बर्षपनि शुरु भएको छ । श्री छठ समाज सेवा समिति बिर्तामोड झापाले विगतका वर्षझैं यस वर्षपनि छठ पूजाको तयारी तीब्र बनाएको छ ।
समाजले बिर्तामोडमा शुक्रवार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै पूजाको ८० प्रतिशतवढी तयारी पूरा भएको र भोलि र पर्सी सवै तयारी पूरा हुने जनाएको हो । समाजले कनकाई नगरपालिका–८ स्थित विरिङ खोलाको किनारमा यस बर्ष पनि छठको तयारी गरेको छ ।
छठ पूजा सपन्न गर्न समाजले विभिन्न मुल समिति र उपसमितिहरु बनाएर कार्य काम गरिरहेको श्री छठ समाज सेवा समिति बिर्तामोडकी अध्यक्ष संगीतादेवी रौनियारले पत्रकार सम्मलेनमा जानकारी दिइन् ।
छठ पूजाका लागि मुल कार्यक्रम संयोजकमा राजकुमार साह रहेका छन् । अर्थ उप–समिति संयोजकमा अनन्तलाल महतो र सदस्यहरुमा बरुणकुमार जैसवाल, रामेश्वर द्धवेदी, जर्नादन शाह, नरेश साह र शंकर भगत रहेका छन् ।
यसैगरी घाटबत्ती तथा कुपन उप–समिति संयोजकमासन्तोष साह सदस्यमा मनोज भगत, संजय चौधरी, प्रसाद व्यवस्थापन उप–समिति संयोजकमा सत्यनारायण चौधरी र सदस्यमा देवेन्द्र सिंह, सत्रुधन चौधरी, प्रचारप्रसार उप–समिति संयोजक शत्रुघन गुप्ता सदस्यमा बिकी चौधरी, दीपक साफी, सामाजिक समन्वय उप–समिति संयोजकमा प्रेमचन्द्र चौधरी साथै सम्पूर्ण पूर्व अध्यक्षहरु रहेका छन् । यस्तै स्वागत तथा सम्मानका लागि श्री छठ महिला मञ्च र स्वयम सेवकमा श्री छठ युवा फ्रन्टलाई जिम्मेवारी दिइएको अध्यक्ष रौनियारले बताइन् । छठ पूजामा शान्ति सुरक्षा उप–समितिको संयोजकमा प्रेमचन्द्र चौधरीको रहेको बताइएको छ ।
भक्तजनका लागि १७५ वटा पण्डाल निर्माण भइरहेको छ । शनिवार (भोली) अर्थात कात्तिक शुक्ल चतुरदर्शीबाट शुरु हुने छठ पूजा मंगलबार समापन गरिने रौनियारले जानकारी दिइन् । ब्रतालुले ३६ घण्टा लामो निर्जल ब्रत वसेर यो पूजा आराधना गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर सोमवार विहान यस बर्षको छठ पर्व समापन हुने रौनियारले बताइन् ।
पत्रकार सम्मेलनमा तयारीका बिषयमा कार्यक्रम संयोजक राजकुमार शाह, पूर्व अध्यक्ष राजकुमार गुप्ता, देवेन्द्रकुमार सिंह, धनश्याम चौधरी, अर्थ संयोजक अनन्तलाल महतोलगायतले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन महासचिव अशोककुमार चौधरीले गरेका थिए । पूजा सम्पन्न गर्न १२ देखि १३ लाख रुपैयाँ अनुमानित खर्च हुने आयोजक समितिले जनाएको छ ।


















