झापा । 

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै उनीहरुलाई गएराति ७ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ का २१ बर्षीया अशोल राजवंशी र २२ बर्षीय रिचार्ड श्रेष्ठ रहेका छन् । । 

संकित अवस्थामा आइरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा अशोक राजवंशीको साथबाट  लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक २ ग्राम ३०० मिलिग्राम भएको र रिचार्ड श्रेष्ठको साथबाट प्लाष्टिक बाहेक ३८० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

 दुवै जनाको जम्मा गरी  प्लाष्टिक बाहेक २ ग्राम ६८० मिलिग्राम  लागूऔषध बरामद भएको र उनीहरुलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।