झापा ।
झापाको मेचीनगर नगरपालिका–१०टिकापुरस्थित नागरडुब्बा खोला किनारमा तत्काल नाम थर वतन नखुलेको एक पुरुष फेला परेका छन् । आज (सोमवार) बिहान ७ः३० बजेको समयमा बेवारीसे अवस्थामा मानिस फेला परेका हुन् ।
अन्दाजी ३५÷३६ बर्षीय पुरुष मानिस वेवारीसे अवस्थामा लडिराखेको छ भनि स्थानियले आज बिहान ७ः३५ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराएका थिए ।
जानकरी पाउन साथ इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोली गएर ती पुरुष मानिसलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
अवस्था बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका ती व्यक्तिको आफन्तको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















