झापा ।  

झापामा एक जना पुरुष मानिस डुवेको अवस्था मृत फेला परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–९ बैसबारीस्थित माईखोलाको पानीको बिच भागमा एक मानिस मृत अवस्थामा फेला परेका हुन् । 

आज (सोमवार) अन्दाजी ४ः५० बजेको समयमा माईखोलाको पानीको बिच भागमा तत्काल नाम थर वतन खुल्न नसकेको अन्दाजी ५५/५६ बर्षीय पहाडे मुलको मंगोलियान अनुहार भएको कम्बर भन्दा मुनि मात्र कालो रङको ट्रायकसुट लगाएको व्यक्ति मृत फेला परेका हुन् । 

पुरुष मानिसको लाश फेला परेको भन्ने स्थानियवासीले इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराउन साथ प्रहरीको टोली गएर अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।