झापा । 

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चौक यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।  माईधारस्थित पूर्व–पश्चिम सडक खण्डमा रामेछापको मन्थलिबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र.१–०१–००१ क ४२०९ नम्बरको रात्रि बस अनियन्त्रित भएर आज बिहान ४ बजेको समयमा सडकबाट अन्दाजी १० मिटर तल बायाँ तर्फ पल्टिएको थियो । 

दुर्घटनमा बसमा सवार २५ जना मध्ये १९ जना घाइते भएका हुन् । घाईते उनीहरुलाई उपचारको लागि बिर्तासिट अस्पताल बिर्तामोडतर्फ पठाईएको र बाँकी ६ जना आ–आफ्नो गन्तब्य स्थान तर्फ गएको प्रहरीले जनाएको छ । 

सडक अबरोध नरहेको र बस घटना स्थलमा नै रहेको साथै उक्त घटना स्थलमा अस्थाई प्रहरी चौकी माईधारबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घाईते हुनेहरुमाः

१.बस चालक जिल्ला झापा मेचिनगर न.पा.६ बस्ने बर्ष–३९ को राजु भुजेल टाउकोमा चोट अवस्था मध्यम । 

२.जिल्ला रामेछाप मन्थलि न.प. १० बस्ने बर्ष– ६५ अम्बर बहादुर बुढाथोकी घाँटि र ढाडमा चोट अवस्था मघ्यम 

३.झि. झापा झापा गा.पा.३ बस्ने बर्ष १७ की इक्षा लिम्बु निधार हात र खट्टामा चोट अवस्था मघ्यम । 

४.जि.रामेछाप मन्थलि न.पा.९ बस्ने बर्ष३५ को भिम प्रसाद पुरी बाया करङमा चोट अवस्था मघ्यम  

५.जिल्ला झापा कचनकवल गा.पा.४ बस्ने बर्ष २० को रबिलाल गनेस टाउकोमा चोट अवस्था मध्यम 

६.जि.रामेछाप ठाडादेवि गा.पा. ३ बस्ने बर्ष ६५ की मिटु खत्री ढाडमा चोट अवस्था मध्यम ।

७.जि. झापा कचनकवल गा.पा. ४ बस्ने बर्ष २१की परिना गनेस टाउको र ढाडमा चोट अवस्था मध्यम 

८.जि.झापा बिर्तमोड न.पा.१० बस्ने बर्ष३६ की सिमित्रा खड्का कार्की हात र खुट्टामा चोट सामान्य 

९.निजको छोरा बर्ष ९ को एलोन कार्कि टाउको र छातिमा चोट अवस्था मध्यम।

१०. जि.दोलाखा बैनेश्वर न.पा.३ बस्ने बर्ष ३० को प्रदिप बहादुर बस्नेत टाउकोमा चोट अवस्था मध्यम 

११. जि. रामेछाप देउराली बस्ने रामु श्रेष्ठक छोरा बर्ष– ८ अनु श्रेष्ठ टाउकोमा सामान्य चोट अबस्था सामान्य 

१२. जि. दोलखा तामाकोशी गापा – ३ बस्ने बर्ष– २८ कि कुमार बस्याल छातिना चोट अबस्था सामान्य 

१३. जि.झापा कचनकवल गापा –६ बस्ने बर्ष– २७ की भेमा राजबसी छातिमा कुममा चोट अवस्था मध्याम 

१४. जि.झापा बिर्तामोड नपा ५ बस्ने बर्ष ३५ को रामकुमार श्रेष्ठ छाति, तिग्राम चोट अबस्था सामान्य 

१५. निजको छोर बर्ष– ९ को रिदम श्रेष्ठ हात र खट्टामा चोट अबस्था सामान्य । 

१६. जि. झापा बिर्तामोड नापा –५ बस्ने बर्ष– २३ को पुर्ण बहादुर नेपाली टाउको र कुममा चोट अबस्था सामान्य 

१७. ऐ.ऐ. बस्ने बर्ष– १८ सितल नेपालि बायाँ आँखाको डिलमा चोट अबस्था सामान य 

१८. जि. झापा बाह्रदसी गापा –५ बस्ने बर्ष– २१ को अबिसेक राजबंसी नाकमा चोट अबस्था सामान्य 

१९. जि.झापा झापा गापा २ बस्ने बर्ष– १८ को श्यमलाल किस्कु टाउकोमा चोट सामान्य ।