बिर्तामोड । 

झापाका बिभिन्न खोला, नदी, पोखरी तथा जलशाय क्षेत्रमा आयोजना गरिएको छठ पर्व आज (मंगलबार) उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै सम्पन्न भएको छ । 

झापाको अर्जुनधारा–६ स्थित अदुवा खोला पाथिभरा छठ पूजा समिति बिर्तामोड–१ ले, छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ खोला र झापाको कनकाई माई नदी, मेची खोलालगायतका स्थानमा छठ पूजा आयोजना गरिएको थियो । 

आयोजक समितिहरुले आ–आफ्नो पूजा स्थललाई सजाएका थिए भने ब्रतालुका लागि घाट तथा पण्डाल निर्माण गरेर भव्य रुपमा छठ पूजा आयोजना गरेका थिए ।  पाथिभरा छठ पूजा समिति बिर्तामोड–१ ले यस वर्ष अर्जुनधारा–६ स्थित अदुवा खोलामा छठ पूजा गरेको थियो ।  

बिगतदेखि बिर्तामोड–१ स्थित पाथीभरा मन्दिर छेउको अदुवा खोलामा हुँदै गरेको छठ पूजा यस बर्ष महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा–६ स्थित अदुवा खोलामा  गरेको पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहले जानकारी दिए । 

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्शा पूरा  हुने उद्देश्यले श्रद्धापूर्वक छठ मनाइने गरिएको अध्यक्ष साहले बताए ।   अर्जुनधारा–६ स्थित अदुवा खोलामा ५० वढी घाट निर्माण गरिने र त्यहाँ  एक सय वढी परिवारले विधीपूर्वक छठ पूजा  गरेको उनले बताएका छन् ।  

विगतदेखि बिर्तामोड–१ स्थित  पाथीभरा मन्दिर छेउको अदुवा खोलामा हुँदै गरेको छठ यस बर्ष त्यहाँ बिर्तामोड नगरपालिकाले तटबन्ध निर्माण गर्न वाल निर्माण गरेपछी भक्तजनलाई असहज भएको थियो । समितिले यसबर्ष भने अर्जुनधारा–६ स्थित अदुवा खोलामा   छठ पूजा गरेको पाथिभरा छठ पूजा समितिका महासचिव सुरेश गुप्ताले जानकारी दिए ।

छठ पूजा सम्पन्न गर्न बिनोद साहको अध्यक्षतामा पाथिभरा छठ पूजा समिति गठन गरिएको थियो । समितिमा उपाध्यक्षमा शम्भू साह,  महासचिव सुरेश गुप्ता, सचिवमा भोला मोहोली, कोषाध्यक्षमा सन्तोष रजक रहेका थिए । 

त्यस्तै सदस्यहरुमा अशोक साह, चन्द्रावति साहु तेली, पुष्पा गुप्ता, अपूर्व दास, रामकुमारी देवी राय, खड्गकुमारी शर्मा ठाकुर रहेका थिए । यसैगरी सल्लाहकारहरुमा  बालकृष्ण दाहाल, रघुनन्दन बि.क., दल्लु राया, सिंहेश्वर चौधरी, नरेश ठाकुर, सञ्जय गुप्ता रहेका थिए ।