झापा ।
झापा दमक नगरपालिका–२ पाङ्गिनी चोकस्थित भित्री सडक खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा एम जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
गएराति ११ः५५ बजेको समयमा दमकबाट मोरङ टाडीतर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस आँफै अनियन्त्रित भएर सडकको नालीमा पल्टीएको थियो ।
दुर्घटना हुँदा बसमा सवार अन्दाजी ३५ जना मध्ये एक जनाको मृत्यु भएको र २१ जना घाइतेलाई आम्दा अस्पताल खरखरेमा लगेर उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली गएर बस चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ३९ बर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा ल्याएर राखेको र बस तत्काल घटनास्थलमै रहेको साथै बाटो अवरोध नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटननमा मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ३६ बर्षीय भीमबहादुर मगर रहेका छन् । उनको उपचारको क्रममा गएराति १२ः२८ बजे डक्टरले मृत घोषणा गरेका थिए । लाश तत्काल सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहुनेहरु यस प्रकार छन्ः
१. मिक्लाजुङ गाउँपालिका–३ ऐ.ऐ.बस्ने बर्ष ४१ कि सिता मगर– बहिरि चोट नदेखिएको, अबस्था सामान्य ।
२. निजकै छोरा बर्ष १३ को योगेश मगर– छातीमा चोट, अबस्था सामान्य ।
३. ऐ.ऐ. बस्ने गोबिन्द श्रेष्ठको छोरा बर्ष १४ को विपिन श्रेष्ठ– अनुहारमा चोट अबस्था सामान्य ।
४. ऐ.ऐ. बस्ने बर्ष १७ कि सपना श्रेष्ठ– पेटमा चोट अबस्था सामान्य ।
५. ऐ.ऐ. बस्ने बर्ष ३२ कि नन्दमाया मगर– ढाडमा चोट अबस्था सामान्य ।
६. ऐ.ऐ. बस्ने बर्ष १८ को आशिन लिम्बु– टाउकोमा चोट अबस्था सामान्य ।
७. ऐ.ऐ. बस्ने बर्ष ५५ कि राम कुमारी मगर– छातीमा चोट अबस्था सामान्य ।
८. ऐ.ऐ. बस्ने बर्ष ४५ कि सिता मगर– छाती र पेटमा चोट अबस्था सामान्य ।
९. ऐ.ऐ. बस्ने सुरेश दर्जीको छोरी बर्ष १४ कि रोनिशा दर्जी– छातीमा चोट आतिएर बेहोस भएकी अबस्था सामान्य ।
१०. ऐ.ऐ. बस्ने बर्ष ५७ को टंक बहादुर गुरुङ टाउकोमा चोट अबस्था सामान्य ।
११. ऐ.ऐ. बस्ने डम्बर श्रेष्ठको छोरा बर्ष ९ को साजन श्रेष्ठ– बाँया हातमा चोट अबस्था सामान्य ।
१२. ऐ.ऐ. बस्ने बर्ष २८ कि बिष्णु कुमारी लिम्बु बाँया हातमा चोट अबस्था सामान्य ।
१३. ऐ.ऐ. बस्ने कृष्ण भुजेलको छोरा बर्ष १५ को निकेश भुजेल, दाहिने खुट्टामा चो अबस्था सामान्य ।
१४. ऐ.ऐ. बस्ने निर्मल राईको छोरा बर्ष १४ को शिसिर राई, दाहिने हात र टउकोमा चोट अबस्था सामान्य ।
१५. ऐ.ऐ. बस्ने बर्ष ४७ को प्रेम रसाईली, दाहिने हातमा चोट अबस्था सामान्य ।
१६. निजकै श्रीमती बर्ष ४५ कि रुपा रसाईली, ढाडमा चोट अबस्था सामान्य ।
१७. निजकै छोरा बर्ष ८ को सन्दिप रसाईली, बाँया हातमा चोट अबस्था सामान्य ।
१८. ऐ. ६ बस्ने भवानी श्रेष्ठको छोरा बर्ष १६ को राजन श्रेष्ठ, टाउकोमा चोट अबस्था सामान्य ।
१९. ऐ.ऐ. बस्ने फुलमाया जोगीको छोरी बर्ष १५ कि एन्जिला जोगी–,पेटमा चोट अबस्था सामान्य ।
२०. ऐ.ऐ. बस्ने बर्ष २२ कि पुनम मगर, बाँया हातमा चोट अबस्था सामान्य ।
२१. ऐ.ऐ. बस्ने बर्ष १९ कि अनुसा मगर– बाँया हातमा चोट अबस्था सामान्य
२१ जना घाइते मध्ये एक जना घाइते आज (बुधवार) विहानको ६ः३० बजे डिस्चार्ज भएको १ जना ऐ.ऐ. बस्ने बर्ष १७ कि सपना श्रेष्ठ– पेटमा चोट अबस्था सामान्य डिस्चार्ज हुन बाँकी हाल २० जना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


















