झापा ।
झापाको गौरीगञ्जमा गएराति ठूलो आगलागी भएको छ । गएराति अन्दाजी १० बजेको समयमा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछी बजारका राजेन्द्र ढकालको घरमा आगलागी भएको हो ।
ढकालको इट्टाको गाह्रो र टिनको छाना भएको दुई तले आठ कोठे घर र उनकै घर छेउमा रहेको टिनको छाना भएको जस्ताले सेन्ट्री बेरा गरेको एक तले ३ कोठे टहरा भाडा लिएर बस्ने चन्दर नायकको होलसेल किराना पसलमा आगलागी भएको हो । घरमा अचानक बिधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गौरिगञ्ज र प्रस्तावित सिमा सुरक्षाबाट खटिएको टोली, गौरादह दमक, शिवसतासी नगरपालिका, कमल गाउँपालिकाको दमकल र स्थानीय बाँसीको सहयोमा राति १२ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट मानविय, चौपाय क्षति नभएको तर घर र घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट हुँदा करडौंको क्षति भएको अनुमान गरिएको छ । क्षतिको पूर्ण थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















