झापा ।
झापाको गौरीगञ्जमा गएराति भएको एक करोड २० लाखको क्षति भएको छ । गएराति अन्दाजी १० बजेको समयमा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछी बजारका राजेन्द्र ढकालको घरमा आगलागी भएको हो ।
आगलागीबाट राहुल खुद्रा किराना पसल चन्द्रप्रसाद नायकको नाममा रहेको किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा ३० लाख रुपैयाँको क्षति भएको छ ।
उनकै श्रीमती लक्ष्मी भाडा पसल मिनुदेवी नायकको नाम रहेको भाडा पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा २० लाख रुपैयाँको क्षति भएको छ ।
त्यसैगरी राजेन्द्र ढकालको घर र घर भित्र रहेको सुन, चाँदी, नगद पैसा, लात्ताकपडा, भाडा बर्तन गरी ७० लाख गरी जम्मा एक करोड २० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















