बिर्तामोड । 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले प्रहरी र ट्राफिक कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेको छ । 

साकोसले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको क्षतिग्रस्त भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

साकोसका जनसम्पर्क अधिकृत प्रेम बस्नेत (बिजय) ले इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठ, भवन पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा तथा युवा व्यवसायीहरु पदम श्रेष्ठ, बिपिन बजगाँई, रमेश चौधरीलाई नगद ५० हजार रुपैयाँ आज (शुक्रवार) हस्तान्तरण गरेका हुन् । 

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय क्षतविक्षेत भएको थियो । स्थानीय युवा व्यवसायीहरुको पहलमा पुनःनिर्माण शुरु गरिएको भवन हाल अन्तिम चरणमा पुगेको छ ।