झापा ।
झापाका युवा बासु दुलाल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सदस्यमा चयन भएका छन् । गत बुधवार काठमाडौंमा भएको नेकपा एसको तेस्रो पूर्ण वैठकले युवा नेता दुलाललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।
समाज परिवर्तन प्रतिको प्रतिबद्धता नै उनको पहिचान भएको दुलाल बताउँछन् । समाजवादको मूल्य, मान्यता र सिद्धान्तलाई जनताको विश्वाससँग पार्टीहरुले जोड्नु पर्ने उनको भनाई छ ।
आठ वटा पार्टीको एकीकरण आगामी कार्तिक १९ गते हुने सहमतिसँगै दुलाल पार्टीको केन्द्रिय सदस्य रहनेछन् । एकता महाधिवेशन आगामी ६ महिनामा हुने युवा नेता दुलालले बताएका छन् ।


















