झापा ।
हिजो दिउँसोको तुलनामा मौसममा केही सुधार भएको छ । तर पश्चिमी वायूको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजको तुलनामा भोलि बदली र वर्षाको सम्भावना धेरै रहेको महाशाखाले जनाएको छ । भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी पहाडी भूभागका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पहाडी भूभागका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


















