झापा । 

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । आज (सोमवार) साँझ ५ बजेको समयमा लागु औषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट  खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोटको किस्पाङ गाउँपालिका–३  का  २७ बर्षीय रामबहादुर तामाङलाई शंका लागेर चेकजाँज गर्ने क्रममा उनको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । 

उक्त खैरो हेरोईन जस्तो देखिने पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक बाहेक १७ ग्राम २०० मिलिग्राम भएको जनाइएको छ । 

उक्त लागुऔषधसहित तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।