झापा । 

झापा कनकाई नगरपालिका–२ झण्डि खोप भन्ने स्थानमा एक व्यक्ति मृत फेला परेका छन् । आज (सोमवार) १२ः३० बजेको समयमा तत्काल नामथर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने व्यक्ति मृत फेला परेका हुन् । 

मृत फेला परेका व्यक्ति अन्दाजी ४०–४२ को पुरुष रहेको र उनी घोप्टो परि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घटना स्थल अनुसन्धान तथा कारवाही र कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली गएको जनाइएको छ ।