झापा ।
झापा विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा हतियार फेला परेको छ । आज (बुधवार) ४ः४५ बजेको समयमा सो हतिषर फेला परेको हो ।
०३११००८७२ नम्बरको इन्सास हतियार एक थान, म्याग्जिन एक थानको राउण्ड १९ सावुत र २ राउण्ड वेसावुत गोली फेला परेको प्रहरीले जनाएको छ ।
उक्त हतियार २४ गते जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिइएको बताइएको छ । हतियार बरामद गरि इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमक र बिर्तामोडबाट लुटिएका २२ नाल अझै नभेटिएको प्रहरीले जनाएको छ ।


















