झापा । 

झापाको कमल गाउँपालिका–६ मंगलबारेस्थितमा फस्ट लिंक ( वाईफाई ) कम्पनीमा काम गर्ने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर घाइते उनको उपचारको क्रममा बुधवार मृत्यु भएको हो । 

झापा शिवसताक्षी नगरपालिका–१ का १९ बर्षीय आशिस खनाल करेन्ट लागेर घाइते भएका थिए । गत कार्तिक ११ गते साँझ ५ः३० बजेको समयमा बिजुलीको पोलमा चढेर वाईफाई मर्मत गर्ने क्रममा बिजुलीको तारमा टच  भएर करेन्ट लागी भुईमा झरी घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएर सामान्य उपचारपछि थप उपचारको गर्न नोवेल अस्पताल बिराटनगर लगिएको थियो ।  

 घाइतेको उपचार सम्भव नहुने भएकाले  आफन्तले घरमा ल्याएका थिए । घरमा कार्तिक १९ गते उनको मृत्यु भएको हो । आज (बिहीवार) बिहान ७ः४५ बजे सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लाश पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाइएको थियो ।   पोष्टमार्टमपछि लाश सदगतको लागि मृतकका बुबाले बुझी लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।