बिर्तामोड । 

समसामहिक बिषय बस्तुलाई समेटेर नेपाली टेलिसिरियल ‘बेगारी’ आगामी मंगलबारबाट प्रशारणमा आउने भएको छ । सुदिपबाबू खवासको लेखन तथा निर्देशनमा रहेको नेपाली टेलिसिरियल बेगारी पूर्वेली टिभी युटुव च्यानलबाट प्रशारणमा आउने भएको हो । 

सितोरियो करातेका प्रशिक्षक तथा नेपाली फिल्म जगतमा पूर्वमा असिस्टेन फाइट डाइरेक्टर समेत रहेर काम गरिरहेका खवास बिगत लामो समयदेखि सानो पर्दादेखि ठूलो पर्दासम्मको केही अनुभवहरु ‘बेगारी’ माफर्त देखाउन खोजेको बताउँछन् । 

कुमार योङहाङ (बाजे) को निर्मातामा रहेको बेगारी सिरियलमा ब्यवस्थापन अमृत मादेन लिम्बूले गरेका छन् भने छायांकन खेसेहाङ लिङ्देनको रहेको छ ।

 हाल वर्तमान परिवेशमा भइरहेको अपहरण, बलत्कार, हत्या तथा मानव वेचबिखन मात्र नभएर आफुहरु समाजमा भएका हरेक नराम्रा गतिबिधीहरुलाई क्रमगत रुपमा ऐना जस्तो समाज परिवर्तनका निमित्त सचेतना स्वरुप यो टेलिसिरियल बेगारीले एउटा महत्वपूर्ण भुमिका खेल्ने खवासको भनाईछ । बेगारीको कथाले सजिलै दर्शकको मन जित्न सक्ने निर्देशक सुदिप बाबू खवासले बताएका छन् ।

टेलिसिरियल सुदिप बाबू खवास, अमृत मादेन लिम्बु, ओम कुमार थापा मगर, कुमार योङ्हाङ बाजे, सन्जु राई, खेसेहाङ्ग लिङ्देन, मनु भट्टराई, अनु राईलगायत कलाकारहरुको अभिनय रहेको छ । 

टेलिसिरियलमा यातायात ओम कुमार थापा मगर, गायन कुबेर बराल, शब्द सुदिप बाबू खवास, संगीत कृएटिभ एभि स्टुडियो बिर्तामोड रहेको निर्देशक खवासले जानकारी दिए । एक सय एपिसोडसम्म प्रशारणको तयारी गरिएको बेगारीको छायङ्कन झापा, इलाका, पाँचथर र ताप्लेजुङका बिभिन्न पर्यटकीय क्षेत्रमा हुने बताइएको छ ।