झापा ।  

झापाको बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आज (शुक्रवार) दिनको २ बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ बर्षीय पदम राई र उनकि श्रीमती २४ बर्षीया पुजा मगरलाई पक्राउ गरिएको छ । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय तोडफोड तथा आगजनीमा सम्लग्न रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा ल्याएर  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।