झापा ।
अलग–अलग मिति र सवारी दुर्घटनामा परेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । बिहीवार साँझ ७ः२५ बजेको समयमा झापाको बिर्तामोड–१ अञ्जली अस्पतालमा भएको सवारी दुर्घटनामा घाइते भएको अर्जुधारा–४ का ५५ बर्षीय कृष्णबहादुर मगरको आज (शुक्रवार) ३ः३० बजे उपचारको क्रममा मृत्यु भएको हो ।
कन्यामबाट पश्चिम दुहबीतर्फ जाँदै गरेको प्र १–०२–००१ प ३५५७ नम्बरको मोटरसाईकलले पैदलयात्री मगरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते पैदल यात्री मगरलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएका थियो । मगरको उपचारको क्रममा मृत्यु भएको हो । लाश सोही अस्पतालमा रहेको र मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–६ का २० बर्षीय बसन्त माझीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा रार्खिको छ ।
यसैगरी गत जेठ २५ गते राति अन्दाजी ९ः४५ बजेको समयमा झापा मेचीनगर– ७ स्कुलडाँगीस्थित भित्री सडक खण्डमा मदन बस्तिबाट ईटाभट्टातर्फ आउँदै गरेको साईकल यात्रीलाई सोही दिशातर्फ आउँदै गरेको मे.७ प.५००६ नं.को मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो ।
ठक्करबाट साईकल यात्री सोही स्थानका ६० बर्षीय क्षितिज राजवंशी घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड झापा तर्फ पठाईएको थियो । गत भदौ ९ गते साँझ ५ः५५ बजे साईकल यात्री क्षीतिज राजबशी उपचार पश्चात डिस्चार्ज भएका थिए ।
आज (शुक्रवार) अन्दाजी १ः३० बजेको समयमा उनको घरमा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरीको टोली गएको छ । मोटरसाइकल चालक मेचीनगर नगरपालिका–७ का ४० बर्षीय काल्टु राजवंशी अंगभंग कसुरमा कारागारमै रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















