बिर्तामोड  । 

देशव्यापी रुपमा रहेका जेनजीहरुलाई एकीकृत गर्ने उदेश्यले जेनजी युनाइटेड मोमेन्ट नेपाल सञ्चालन गरिएको छ ।  रगत, आँशु र आशाबाट जन्मिएको जेनजी पुस्ताले राष्ट्रिय एकताको नयाँ अध्याय लेख्ने लक्ष्यका साथ देशव्यापी रुपमा एकता अभियानको थालनी गरिएको बिर्तामोडमा आज (शनिवार) बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

कात्तिक २१ गतेदेखि शुरु गरिएको एकता अभियान मंसीर १३ गतेसम्म सञ्चालन रहने अभियानका अगुवा सागर तामाङले बताए । उनका अनुसार थोरै समयमा सो अभियान देशका ७७ वटै जिल्लामा गरिनेछ । अभियानका क्रममा जेनएक्स, जेनवाई, जेनजी सबै देशबासीलाई समेट्ने उनको भनाई छ । 

देशमा भएको राजनीतिक अस्थिरताको अन्त्य, शून्य भ्रष्टाचार, प्रत्यक्ष कार्यकारी लगायतका माग राखेर शुरु गरिएको जेनजी आन्दोलनले उपलब्धि हाँसिल गरेपनि जेनजीहरु विभिन्न समूहमा विभाजन भएपछि ती सबैलाई एकता गर्न अभियान सञ्चालन गरिएको अभियानकी अगुवा अञ्जना राईले बताइन् । 

अभियानका क्रममा हुने विभिन्न कार्यक्रममा सहिदको सम्झना, हरेक कार्यक्रममा सहिद र घाइते परिवारका सदस्यहरु प्रमुख अतिथिका रुपमा रहने छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर आगलागी र तोडफोडमा घुसपैठ भएको भन्दै उनीहरुले दुःख व्यक्त गरेका छन् । आफूहरुको उदेश्य राष्ट्रिय सम्पत्तिमा क्षति पु¥याउने नभएको समेत पत्रकार सम्मेलनमा बताएका छन् ।