झापा । 

दुःखीको आवाज बनेर सामाजिक सेवामा सक्रिय ‘सहयोगी मनहरू नेपाल’ ले आफ्नो चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ। दमकस्थित संस्कार भवनमा गत कार्तिक २२ गते शनिबारदेखि २४ गते सोमबारसम्म सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । 

अधिवेशनले भीमप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्ष प्रकृति खड्का (बिर्तामोड), सचिव विष्णुकुमार उप्रेती (बुद्धशान्ति), सह–सचिव पुष्पराज भट्टराई (बुद्धशान्ति), कोषाध्यक्ष सीता तिम्सिना (दमक) रहेका सचिव विष्णुकुमार उप्रेतीले जानकारी दिए।

यसैगरी सदस्यहरूमा हरिमाया खड्का (दमक), कुलनारायण धिमाल (दमक), भीमा पराजुली (धुलाबारी), मदन आचार्य (कमल गाउँपालिका), रमिता दाहाल (दमक) र चन्द्र पोखरेल (हल्दीबारी गाउँपालिका) चयन भएका छन्। त्यस्तै, लेखा समिति संयोजकमा अनिता श्रेष्ठ (दमक) चयन भएकी छन् भने सदस्यहरूमा मिरा देवी संग्रौला (दमक) र राजेन्द्र शिवाकोटी (बिर्तामोड) छन् ।

कार्यक्रमको सञ्चालन सचिव विष्णु कुमार उप्रेतीले गर्नुभएको थियो भने अध्यक्ष भीमप्रसाद आचार्यले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वार्षिक आय–व्यय समेत सार्वजनिक गरिएको थियो। २०७८ सालमा स्थापना भएको यो संस्थाले स्थापना कालदेखि नै गरिब, विपन्न तथा समस्यामा परेका नागरिकहरूको सहयोग र सेवामा निरन्तर योगदान दिंदै आएको छ।