झापा । 

झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित भित्री सडक खण्डमा गएराति ९ः१०९ बजेको समयमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

सुरुङ्गा पुलबाट टप्पु चोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५ प ४२१० नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा एक व्यक्तिको मृत्यु भएको हो । 

ठक्कर खाई दुर्घटना हुँदा ५०६३ नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका–३ ब का ३३ बर्षीय दिपक सिटौलाको टाउकोमा चोट लागे घाईते भएको थिए । घाइते सिटौलालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भईसकेको घोषणा गरेका थिए। 

घट्नामा संलग्न दुबै  मोटरसाइकल  र ४२१० नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका–६  का २३ बर्षीय नितेश बस्नेतलाई  नियन्त्रणमा लिएर  आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । 

साथै आज (मंगलबार) आवश्यक कानुनी प्रक्रिया पश्चात लाश पोष्टमार्टमको लागि प्रादेशिक मेची अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।