झापा । 

झापा शिवसताक्षी नगरपालिका–११ मा आगलागी भएको छ । आज (मंगलबार) दिनको ११ः४५ बजेको समयमा शिवसताक्षी–११ का सन्तोष नेम्वाङको गाई बांध्ने दुई तले ग्वालीमा राखिएको परालमा आगलागी भएको हो । 

ग्वालीमा अचानक आगोलागी हुँदा  ग्वाली जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट अन्दाजी तीन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

उक्त आगो शिवसताक्षी नगरपालिकाको दमकल, स्थानिय बासी र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीको सहयोगमा १२ः२५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।