झापा ।
झापाको झापा गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा झापा गाउँपालिका–६ शरणामतीमा मंगलबार बिहान १० बजेको समयमा ट्याक्टर पल्टिदा घाइते भएका ब्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो ।
झापा गाउँपालिका–७ शरणामतीका ४५ बर्षीय सुनिल सोरेनले मे १ त ३३१६ नम्बरको ट्याक्टरआफ्नै साहुको घरबाट निकाल्ने क्रममा अचानक लडेर दुर्घटना भएको थियो । दुर्घटनामा सुनिल सोरेनको दुवै खुट्टा चोट र टाउकोमा चोट लागेको थियो ।
घाइते उनलाई उपचारको लागि बिर्तासोटी अस्पताल बिर्तामोड लगिएकोमा उपचार क्रममा हिजो दिउँसो ३ः३० बजे समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















