झापा ।
झापाको बिर्तामोड नगरपालिका–२ राम चोकबाट गोलीसहित दुई जना पक्राउ परेका छन् । आज (बुधवार) मध्यान्ह १२ बजेको समयमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हातहतियारका गोलिहरुसहित ती ब्यक्ति पक्राउ परेका हुन् ।
बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ राम चोकस्थित लालबहादुर गिरीको घरमा डेरा गरी बस्ने २७ बर्षीया ईस्रप खातुनको कोठामा क्ीच् को राउण्डः–३८ वटा, क्ष्ल्क्ब्क् को राउण्डः–१६ वटा, काँसको थाल –१ वटा, करुवाः–१ वटा, पित्तलको गिलास–१ वटा र प्रहरीको बुट १ जोर र लुटपाटमा सम्लग्न जिल्ला बिर्तामोड–२ रामचोकका २२ बर्षीय बिकाश टुडु समेतलाई फेला पारी बारामद सामान सहित दुबै जना लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लागूऔषध ब्युरो ईकाई काँकरभिट्टा झापाबाट खटीएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटीएको टोलीले पक्राउ गरेको हो । दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















