झापा ।
झापामा अत्याधिक मादक पदार्थ सेवन (मापसे) गर्नेको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–७ सयपत्री टोलका ४७ बर्षीय बिनोद चौलागाईको अत्याधिक मापसे गरेर मृत्यु भएको हो ।
मंगलबार अन्दाजी दिनको ३ बजेको समयमा अत्याधिक मापसे गरेर दमक–६ बोका हाउस अगाडी लडीरहेको रहेको अवस्थामा स्थानियले फेला पारी उनको भाई योगेन्द्र चौलागाईले घर लगेका थिए । आज (बुधवार) बिहान ९ः३० बजे बिरामी भई उपचारको लागि दमक अस्पताल दमकमा ल्याउन साथ डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भईसकेको घोषणा गरेका थिए।
कानुनी प्रक्रियापछि आज १ः३० बजेको समयमा सम्पूर्ण कानुनि प्रकृया पुरा गरी लाश पोष्ट मार्टमका लागि दमक अस्पताल दमक पठाएको र लाशको पोष्ट मार्टमपछि भाइ योगेन्द्र ले बुझिलिएको साथै उक्त बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















