झापा । 

झापाको गौरादह नगरपालिका–५ मा रहेको मानव उद्वार सेवा केन्द्र महारानिझोडामा एक व्यक्तिको मृत्यु भएको छ । बुधवार अन्दाजी ४ः३० बजेको समयमा सुनसरीको धरान घर बताउने  अन्दाजी ६५ बर्षीय आनन्द राईको मृत्यु भएको हो । 

गत भदौं २९ गते झापाको दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट आनन्द राईलाई वेवारिसे अबस्थामा उद्वार गरी गौरादह –५ स्थित मानव उद्वार सेवा केन्द्र महारानिझोडामा लगि राखिएको थियो । 

उनी सुतेकै स्थानमा मृत अवस्थामा रहेको पाइएको बताइएको छ । मृतकको मुटु, लिवर, जण्डिसको समस्या रहेको र हर्नियाँको अप्रेशन गरेको भन्ने बुझिएको छ । 

 थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय  दमकबाट प्रहरी निरिक्षकको टोली गएर  लाशको सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लाश पाष्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।